विराटनगर । विराटनगर स्थित बाल सुधार गृहमा दोहरो झडप हुँदा ३ जना घाइते भएका छन् ।
विराटनगर महानगर वडा नम्बर ३ स्थित सुधार गृहमा शुक्रबार राति भएको झडपमा तीन युवक घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
झडपमा परि घाइते भएका एक जना सुनसरी र बाँकी दुई जना पाँचथरको भएका हुन् । उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा अदालतले सजाय सुनाएका उनीहरूको अवस्था सामान्य रहेको छ ।
क्षमताभन्दा धेरैलाई एकस्थानमा राख्नु पर्दा समस्या बढेको सुधार गृहले जनाएको छ । सुधारगृहको क्षमता ५० जनाको भए पनि शुक्रबार २ सय ४९ जनालाई राखिएको छ ।
सुधार गृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरूको संख्या धेरै छ । १८ वर्ष माथिका १ सय २४ जना युवक छन् ।
प्रतिक्रिया