अमेरिकासँगको वार्ता निकै रचनात्मक र सकारात्मक : युक्रेन

अमेरिकासँगको वार्ता निकै रचनात्मक र सकारात्मक : युक्रेन



जेद्दाह । युक्रेनले अमेरिकासँगको वार्ता रचनात्मक भएको प्रतिक्रिया जनाएको छ । युक्रेनी वार्ता टोलीका एक सदस्यले युक्रेन दिगो शान्तिका पक्षमा रहेको र अमेरिकासँगको वार्ता निकै रचनात्मक र सकारात्मक भएको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

‘अमेरिकी टोलीसँगको बैठक धेरै रचनात्मक तरिकाले सुरू भयो । हामी न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहेका छौं,’ ती अधिकारीले भनेका छन् । यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनसँगको वार्ता राम्रो र सकारात्मक हुने बताएका थिए ।

साउदी अरबको जेद्दाहस्थित रिट्ज कार्लटन होटलमा भएको वार्तामा अमेरिकी टोलीमा विदेशमन्त्री रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज सहभागी छन् । युक्रेनी टोलीमा विदेशमन्त्री एन्ड्री सिबिहा, रक्षामन्त्री रुस्तेमा उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मक छन् ।

आयोजका साउदीका तर्फबाट विदेशमन्त्री फैसल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल-ऐवान सहभागी छन् ।