सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु भएको छ । हिजो शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।
गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो । ‘सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको पूर्ण समर्पणको बावजुद, बिरामी जटिल चोटपटक र सम्बन्धित जटिलताहरूको कारण मृत्यु भयो,’ अस्पतालले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
‘हामी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’ उनको मृत्युको खबर फैलिने बित्तिकै उनले पढ्ने नोभी स्याड स्कूल अफ इकोनोमिक्सको भवनमा कालो झण्डा फहराइएको थियो । शोक मनाउनेहरूले फूल चढाएका र मैनबत्ती बालेका थिए ।
नोभेम्बर १ मा नोभी साड स्टेशनको कङ्क्रीटको छाना भत्किँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पीडितहरू छ देखि ७४ वर्ष उमेरका थिए । अन्य तीन जना घाइते भए, जसमध्ये एकको दुई हप्ता पछि मृत्यु भयो ।
प्रतिक्रिया