दसौं हजार इसराइलीहरू राती टर्च बालेर सडकमा

दसौं हजार इसराइलीहरू राती टर्च बालेर सडकमा



काठमाडौं । शनिबार राती इसराइलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरे ।

रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर सरकार विरोधी नाराबाजी गरे ।

राजधानी तेल अविभमात्रै होइन, जेरूसलेम लगायत मुख्य मुख्य सहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए ।

हात हातमा केही मानिसका तस्बिरहरू प्रदर्शन गर्दै उनीहरूले सरकार र प्रधानमन्त्री बेन्यामिन नेतन्याहूविरूद्ध नाराबाजी गरेका थिए ।

इसराइली पत्रिका टाइम्स अफ इसराइलका अनुसार प्रधानमन्त्री नेतन्याहूको आदेशमा गाजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका हुन् ।

शनिबार मात्रै विभिन्न सहरमा गरी १ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएको टाइम्स अफ इसराइलले जनाएको छ ।