टर्किएमा विपक्षी नेता इमामोग्लु पक्राउ

टर्किएमा विपक्षी नेता इमामोग्लु पक्राउ



काठमाडौं । टर्किएमा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु औपचारिक रूपमा पक्राउ परेका छन् । विपक्षी नेता इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएको बीबीसीले जनाएको छ ।

उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दाेगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई २०२८ को राष्ट्रपति उम्मेदवारका रूपमा छनोट हुनुभन्दा केही दिनअघि बुधवार पक्राउ गरिएको थियो ।

विपक्षी नेता इमामोग्लु पक्राउ परेपछि उनका समर्थकहरू सडकमा आएका छन् । विगत चार दिनदेखि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।

यसैबीच राष्ट्रपति एर्दाेगानले प्रदर्शनको आलोचना गर्दै इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) लाई देशमा अशान्ति फैलाएको र मानिसहरूलाई विभाजित गरेको आरोप लगाएका छन् । एर्दाेगानको कार्यालयले जारी गरेको सन्देशमा टर्कीमा आतङ्कवादका लागि कुनै ठाउँ नभएको उल्लेख छ ।