ईसाई धर्मगुरु पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज

ईसाई धर्मगुरु पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज



काठमाडौं । ईसाई धर्मगुरु पोप फ्रान्सिस रोमको जेमेली अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज भएको बीबीसीले जनाएको छ ।

८८ वर्षीय फ्रान्सिसलाई भ्याटिकनमा कम्तीमा दुई महिना आराम आवश्यक पर्ने डाक्टरहरूले बताएका छन् । सङ्क्रमणका कारण उनको दुवै फोक्सोमा निमोनिया भएको थियो । पोप पूर्णरूपमा निको नभए पनि उहाँमा निमोनिया नरहेको र अहिले स्थिर अवस्था रहेको डाक्टरहरूले बताएका छन् ।

पाेप फ्रान्सिसले आफ्नो निवास भ्याटिकन फर्किनुअभि जेमेली अस्पतालको झ्यालबाट शुभेच्छुकहरूलाई आशीर्वाद दिएकाे खबरमा उल्लेख छ । उनी अस्पतालमा भर्ना भएदेखि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका हुन् ।