रूस र युक्रेनले ब्ल्याक सी मा नौसेना युद्धविराममा सहमति जनाएका छन् । साउदी अरेबियामा भएको तीन दिनको शान्ति वार्तापछि अमेरिकासँग छुट्टाछुट्टै सम्झौतामा दुवै देशले सहमति जनाएका हुन् ।
वाशिंगटनले सम्झौताहरूको घोषणा गर्दै सबै पक्षहरूले दिगो शान्तिका लागि काम गर्ने बताउदै एउटा महत्त्वपूर्ण व्यापार मार्ग पुन खुल्ने बताएको छ ।
दुवै देशले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण गर्न पहिले सहमत भएको प्रतिबन्ध लागू गर्ने उपायहरू विकास गर्न पनि प्रतिबद्धता जनाएको ह्वाइट हाउसले बताएको छ । तर रूसले भने यसको खाद्य र मल व्यापार विरुद्धको धेरै प्रतिबन्धहरू हटाइएपछि मात्र नौसेना युद्धविराम लागू हुने जनाएको छ ।
अमेरिकी अधिकारीहरूले दुई पक्षबीच युद्धविराम गराउने उद्देश्यले रियादमा मस्को र कीभका वार्ताकारहरूसँग छुट्टाछुट्टै भेट गरिरहेका छन् । तर रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू भने प्रत्यक्ष रुपमा भेट गरेका छैनन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्ल्याक सी मा आक्रमण रोक्ने सम्झौता सही दिशामा एक कदम अगाडि बढेको बताएका छन् । यो सम्झौता कहिलेदेखि लागू हुने हो भन्ने कुरा भने ह्वाइट हाउसको विज्ञप्तिमा स्पष्ट खुलाएको छैन ।
प्रतिक्रिया