बेलायत । इजरायलको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णयप्रति बेलायतले विरोध जनाएको छ ।
यस क्षेत्रमा बस्ती बसाउँदा प्यालेस्टिनी र इजरायली दुवैको सुरक्षालाई हानि पुर्याउने तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने मध्यपूर्वका लागि बेलायती मन्त्री हामिश फाल्कनरले बताएका छन् ।
इजरायलले बस्ती विस्तार रोकी वेस्ट बैंकको अस्थित्वलाई जोगाउनु पर्ने उनले बताएका छन् ।
इजरायली मन्त्रीपरिषद्ले केही दिन अघि कब्जा गरिएको वेस्ट बैंकमा १३ वटा नयाँ बस्ती बसाउने योजनालाई अनुमोदन गरेको थियो ।
प्रतिक्रिया