क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको बताएका छन् । प्रधानमन्त्री कार्नीले दुई देशबीचको अर्थतन्त्रको गहिरो एकीकरण र कडा सुरक्षा र सैन्य सहयोगमा आधारित संयुक्त राज्य अमेरिकासँग क्यानडाको पुरानो सम्बन्ध समाप्त भएको प्रतिक्रिया दिएका हुन् ।
अमेरिकाले आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जाहरूलाई २५ प्रतिशत कर लगाउँने घोषणा गरेपछि उनको यो प्रतिक्रिया आएको हो । मन्त्रिपरिषद् बैठकपछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्दा क्यानेडियनहरूले अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
अब क्यानाडाले अमेरिकासँग अगाडि बढेर बलियो व्यापारिक सम्बन्ध राख्न सक्छन् कि सक्दैनन् भनेर हेर्न बाँकी रहेको समेत प्रधानमन्त्री कार्नीले बताए । कार्नीले पछिल्लो आयात शुल्कहरूको सामना गर्न अर्को महिनाको आम चुनाव अगाडि आफ्नो अभियान योजनाहरूमा परिवर्तन समेत गरेका छन् ।
प्रतिक्रिया