म्यान्मारमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

म्यान्मारमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो



म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो । उक्त भूकम्पमा परि सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार कार्य जारी रहेको छ । हाल भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ। म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा समेत महसुस गरिएको थियो। भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो ।

भूकम्पका कारण म्यानमारको दोस्रो ठुलो शहर म्यानडलेमा धेरै भवनहरू ढलेका छन् । म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएका छन् ।