काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनयता काठमाडौं उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्ने क्रममा रहेको भन्दै जोखिम न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ ।
शुक्रबार महानगरपालिकाले सर्वसाधारणका लागि ९ बुँदे अपिल जारी गरेको छ ।
महानगरपालिकाले नियमित रूपमा आफ्ना सवारी साधन मर्मत गर्न, खुल्ला रूपमा आगो बाल्ने कार्य नगर्न, प्लास्टिकजन्य सामाग्री नजलाउन अपिलमा आग्रह गरेको छ ।
महानगरपालिकाले प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर काम गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया