काठमाडौं । कास्की अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुम्रुङमाको हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिकको शव सशस्त्र प्रहरीले शनिबार फेला पारेको छ ।
अन्नपूर्ण वेशक्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका चिनियाँ नागरिक वर्ष २८ का ई चेङ्गयुङ यही चैत्र ११ गते सम्पर्कबिहिन भएका थिए । सो लगत्तै उनको खोजीकार्यमा परिचालित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थानसहितको सुरक्षा फौजले उनको शव चैत्र २३ गते दिउँसो साढे १२ बजे फेला पारेको हो ।
त्यसैगरी तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मस्र्याङ्दी नदिमा चैत्र २२ गते बेपत्ता भएका युवकको खोजीकार्य भईरहेको छ ।
सोही जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बस्ने अन्दाजी २० वर्षिय आशिष राना सो नदिमा डुवेर बेपत्ता भएको बताईएको छ । बेपत्ता आशिष रानाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र नं. २३ मनकामना गण तनहुँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया