बुटवलमा एक जना महिलामाथि गोली प्रहार

बुटवलमा एक जना महिलामाथि गोली प्रहार



बुटवल । रुपन्देहीको बुटवल बुद्धनगरमा एक जना माहिलामाथि गोली प्रहार भएको छ । बुटवल–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीलाई नचिनेका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली लागेर घाइते क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए । पाल्पाको रैनादेवी छहरा घर भएकी क्षेत्रीले बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आएकी छन् ।

बिहान साढे ९ बजेतिर मोटरसाइकलमा आएका युवाले गोली चलाएर फरार भएका र उनीहरूकाे खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली चलाउनुको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।