चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता : शेइयान–२७ उपग्रह प्रक्षेपण

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता : शेइयान–२७ उपग्रह प्रक्षेपण



काठमाडौं । चीनले बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छ वटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । शेइयान–२७ नाम दिइएका ती उपग्रहहरू बिहान ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।

शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन् । यी उपग्रहहरूमार्फत पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

चिनियाँ अधिकारीहरूका अनुसार यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो । प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट शृङ्खला लङ्ग मार्च अन्तर्गत पर्छ । आजको प्रक्षेपण यो शृङ्खलाको पाँच सय ७०औं उडान रहेको छ ।