बेइजिङ । चीनलाई हानि पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने चीनको वाणिज्य मन्त्रालयले बताएको छ । यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार रहेको मन्त्रालयले स्पष्ट पारेको हो ।
चीनको वाणिज्य मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने र चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको पनि बताएको छ ।
अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने रिपोर्टहरू आएपछि चीनको यो बयान आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबिच कर युद्ध सुरु भएको छ ।
प्रतिक्रिया