अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु

अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु



साना । अमेरिकाले गरेको हवाई आक्रमणमा परेर अफ्रिकी आप्रवासीहरूलाई राखिएको जेलमा कम्तीमा ३० जनाको मृत्यु भएको यमनको हुथी विद्रोहीहरूले बताएका छन् । तत्कालै यो खबरमा अमेरिकी सेनाले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

यमनको साद गभर्नोरेट हुथीहरूको बलियो पकड भएको ठाउँ हो । यही ठाउँमा एक जेलमा इथोपिया र अन्य अफ्रिकी देशका आप्रवासीहरूलाई राखिएको थियो । साउदी अरब छिर्न अफ्रिकी आप्रवासीहरू यमनको बाटो प्रयोग गर्छन् ।

सोमबार बिहान एक विज्ञप्तिमा अमेरिकी सेनाको सेन्ट्रल कमान्डले हवाई आक्रमणको विस्तृत जानकारी नदिने आफ्नो नीतिको बचाउ गरेको थियो । एपीले सादमा भएको आक्रमणबारे सोधेको प्रश्नको उत्तर तत्कालै यसले नदिएको बताइएको छ ।

हुथीको अल–मसिराह सेटलाइट न्यूजले आक्रमणपछिको विध्वंसको भिडियो फुटेज शेयर गरेको थियो । पछि च्यानलले यस आक्रमणमा कम्तीमा ३० जना मारिएको भनेको छ ।