मन्दिर जाँदै गरेको गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

मन्दिर जाँदै गरेको गाडी इनारमा खस्दा १२ जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए ।

गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो । बाइक चालकको तत्काल निधन भयो ।

गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ (लगभग २,३४३ अमेरिकी डलर) आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।