हिमाल संरक्षणका लागि नेपालद्वारा विश्व समुदायको ध्यानाकर्षण

हिमाल संरक्षणका लागि नेपालद्वारा विश्व समुदायको ध्यानाकर्षण



काठमाडौं । नेपालले चीनको राजधानी बेइजिङमा रहेका विभिन्न देशका प्रतिनिधिहरूमाझ विश्वव्यापी जलवायु परिवर्तनका प्रभाव र हिमाली क्षेत्रको संरक्षणका लागि ध्यानाकर्षण गराएको छ ।

चीनमा रहेको नेपाली राजदूतावासले बृहत् सेमिनारको आयोजना गरेर जलवायु परिवर्तनका प्रभावबारे ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा चीनका लागि सामाजिक प्रतिनिधि लिउ चनमिन, चीनका लागि जर्मन राजदूत, चीनमा रहेको संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिलगायत विभिन्न देश तथा क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वका साथै चीन तथा नेपालमा कार्यरत नेपाली र विदेशी वैज्ञानिक, विज्ञहरूको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत नेपालले सगरमाथा संवाद आयोजना गरेर जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन लागेको जानकारी गराए ।

कार्यक्रममा प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असरसम्बन्धी प्रस्तुति दिएका थिए ।