बाजुरा । बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आएकी छन् ।
२०८० साल तिर धन कमाउन भन्दै कुवेत उडेकी मल्ल त्यहाँ पुगेको दुई वर्षपछि बिरामले थला परेपछि अहिले उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपालमा उद्धारको माग गर्दै आएकी हुन् ।
बिरामीले थला परेको दुई महिना भयो । उपचारका लागि यहाँ मेरो आफन्त कोही नभएकोले मलाई कुवेतबाट नेपाल उद्धार गरिदिनका लागि सबैमा आग्रह गर्दै आएको हिमाली गाउँपालिका वडा नं –४ की फैतीकी हात कुवेतमा बिरामी भएर थलापरेकी मनपुरा मल्लले बताइन ।
उनले भनिन, “आफूले कम्पनीको काम छोडेको पनि एक महिना भयो । आफूसँग न पैसा छ नत कोही सहयोग गर्ने आफन्त नै छ । मैले यो बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहाएकोले मलाई यहाँदेखि नेपाल लगिदिन सबैमा आग्रह गरेकी हुँ ।”
मलाई यतादेखि नेपाल लैजानका लागि सबैमा सहयोगको अपेक्षा गर्दै आएको भए पनि अहिलेसम्म कुवेतबाट कसैले मलाई उद्धार नगरेकोले यति बेला मैले सामाजिक सञ्जालबाट नेपाल सरकारलाई उद्धारका लागि आग्रह गर्दै आएकी मल्लले बताइन ।
धन कमाएर घरपरिवारलाई खुसी पारौंला भन्ने सोचमा कुवेतमा पुगेकी मल्ललाई अहिले आफ्नै ज्यान जोगाउन निकै सकस भएको छ । उहाँलाई यतिबेला न त उपचार गर्न पैसा छ न त नेपालमा फर्काइदिन कम्पनीको सहयोग मिलेको छ ।
त्यसैले कुनै विकल्प नभएपछि यतिबेला उहाँले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपाल फर्काइदिन सबैमा आग्रह गर्दै आउनुभएको हो । रहरले नभई बाध्यताले कुवेतमा पुगेकी मल्ल अहिले त्यहाँ जीवन मरणको दोधारमा बाँच्न बाध्य भएकी छन् ।
आफूबाट र आफन्तबाट केही सहयोग नभएकोले उनले अहिले सामाजिक सञ्जालदेखि नेपाल सरकारलाई कुवेतबाट उद्धार गरिदिन आग्रह गर्दै आएकी छन् ।
प्रतिक्रिया