अस्ट्रेलियामा आम निर्वाचन जारी छ । एक करोड ८० लाख मतदाता रहेको अस्ट्रेलियामा आजै सम्पन्न हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वामपन्थी झुकाव भएका लेबर पार्टीका एन्थोनी अल्बानेज अर्को कार्यकालका लागि उम्मेदवार छन् । कन्जरभेटिभ लिबरल नेसनल डेभलपमेन्टका पिटर डुटोन अर्का उम्मेदवार छन् ।
निर्वाचनको परिणाम आउन एक सातासम्म लाग्ने अनुमान गरिएको छ । दलीय उम्मेदवारलाई चुनौती दिँदै उम्मेदवार भएकी केट चेनी पनि अहिले चर्चामा छिन् । यसअघि सन् २०२२ को निर्वाचनमा पनि संसदमा १० जना स्वतन्त्रले सफलता पाएका थिए ।
१५० स्थानका लागि हुने मतदानबाट सरकार बनाउनका लागि ७६ स्थानमा जित हात पार्नु आवश्यक छ ।
प्रतिक्रिया