जनकपुर । भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरधाम आएका छन् ।
जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् ।
नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।
पूजाअर्चना गरेपछि उनले जानकी मन्दिर प्रांगणमा प्रवचन दिएका छन् ।
प्रतिक्रिया