काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् ।
दुई देशबीचको तनाव कम गर्नका लागि सैन्य कारबाही समाधान नभएको उनको भनाइ रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
उनले भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेकोभन्दै उनीहरूको आपसीसम्बन्ध खतरनाक विन्दुमा पुगेको बताए ।
उनले निकालेको विज्ञप्तिमा राष्ट्रसंघले दुवै देशका सरकार र नागरिकहरूको सम्मान गर्ने र संयुक्त राष्ट्र शान्ति अभियानमा दुवैको योगदानको लागि आफू कृतज्ञ रहेको उल्लेख छ ।
राष्ट्रसंघले पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको फेरि पनि निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने बताएको छ ।


प्रतिक्रिया