कश्मीरको पुंछमा पाकिस्तानी गोलाबारी: भारतीय सैनिकको ज्यान गयो

कश्मीरको पुंछमा पाकिस्तानी गोलाबारी: भारतीय सैनिकको ज्यान गयो



काठमाडौं । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ।

आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको मृत्यु भएको हो । भारतले अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमा गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ ।

पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यही घटनाको बदलामा भारतले आक्रमण गरेको बताएको छ ।