ईसाई धर्मगुरु पोप लियाेको पहिलो सम्बोधन, युद्ध नगर्न विश्व समुदायलाई अपिल

ईसाई धर्मगुरु पोप लियाेको पहिलो सम्बोधन, युद्ध नगर्न विश्व समुदायलाई अपिल



काठमाडौं । क्याथोलिक ईसाई धर्मगुरु पोप लियोले भ्याटिकन सिटीबाट पहिलो पटक मानिसहरूलाई सम्बोधन गरेका छन् । आफ्नो पहिलो सम्बोधनमा उहाँले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपील गरेकाे बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा पाेप लियाेले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा चर्चा गरे । उनले गाजामा भइरहेका घटनाहरूबाट आफूलाई गहिरो दुःख लागेको बताए । यसका साथै उनले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गरेका छन् ।

पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गर्दै युक्रेनका लागि पनि दिगो शान्तिको कामना गरे ।

पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित भएका हुन् ।