काठमाडौं । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका र दुई शिक्षक रहेका छन् ।
पछिल्लो आक्रमण ओइ थेइन क्विन गाउँको एउटा विद्यालयमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘जुन्टा’ म्यानमारको सेना हो, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासन गर्दै आएको छ ।
म्यानमारमा सैन्य नेतृत्वले शासन गरिरहेको छ । पछिल्लो आक्रमणबारे जुन्टाले कुनै प्रतिक्रिया जनाएको छैन ।
गृहयुद्धको चपेटामा पर्दै आएको म्यानमारले गएको मार्च २८ मा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पपछि थप जटिल अवस्थाको सामना गर्दै आएको छ ।
प्रतिक्रिया