काठमाडौं । थाइल्याण्डबाट नेपालमा लागुऔषध गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डबाट आएका भारतीय नागरिक गाँजासहित पक्राउ परेसँगै यो तथ्य खुलासा भएको हो ।
सोमबार थाई एयरवेजमार्फत बैंककबाट काठमाडौं आएका २५ वर्षीय अब्हुदे पाहुनेको सुटकेसबाट प्रहरीले १० किलो १ सइ ७० ग्राम गाँजा बरामद गरेको हो ।
विमानस्थलको भन्सार क्षेत्रमा जाँचका क्रममा गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानमा थाइल्याण्डबाट गाँजा नेपाल ल्याउने नयाँ ट्रेन्ड देखिएको प्रहरीको अनुमान छ । पाहुनेलाई लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।
प्रतिक्रिया