गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमणः २८ जनाको मृत्यु, दर्जनौं घाइते

गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमणः २८ जनाको मृत्यु, दर्जनौं घाइते


ग्लोब नेपाल
54
Shares

खान युनिसस्थित एक युरोपेली अस्पतालमा भएको इजरायली हवाई आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । इजरायली लडाकु विमानहरूले गाजास्थित उक्त अस्पतालमा एकैपटक छ वटा बम खसालेको बताइएको छ । ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका हुन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले अस्पतालमुनि रहेको ‘हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ मा आतंककारीहरूलाई लक्षित गरी ‘सटीक हमला’ गरेको दाबी गरेको छ । उक्त आक्रमणमा गाजामा बीबीसीका लागि कार्यरत एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन् । उनको उपचारपछि अवस्था स्थिर रहेको समाचारमा उललेख छ ।