मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते


ग्लोब नेपाल
0
Shares

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहता रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । मोटरसाइकल मृतकका छोरा वर्षीय रमेश मेहताले चलाएका थिए । प्रहरीले मोटरसाइकल चालक मेहतालाई नियन्त्रणमा लिएको छ ।