रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी

रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी



बुखारेष्ट । रोमानियाको चुनावमा युरोपेली संघ (ईयू) समर्थक उम्मेदवार निकुसर डानले दोस्रो चरणको मतदानमा जित हासिल गरेका छन् । यसैबीच, अति दक्षिणपन्थी नेता जर्ज सिमोनले पराजयको सामना गर्नु परेको छ ।

पहिलो चरणको मतदानमा जर्ज सिमियन सबैभन्दा अगाडि थिए । यस्तोमा रोमानियाको विदेश नीतिमा ठुलो परिवर्तन देख्न सकिन्छ भन्ने चर्चा सुरु भएको थियो । सिमोनलाई रुस समर्थक नेता मानिन्छ । रोमानिया नेटोको सदस्य हो । यस्तो अवस्थामा, यदि सिमियनले जितेको भए, रोमानिया रुसतर्फ झुकाव राख्न सक्थ्यो ।

रोमानियामा मे १८ मा दोस्रो चरणको मतदान भएको थियो । १ करोड १० लाख मतमध्ये करिब १ करोड मत गणना भइसकेको छ र त्यस अनुसार निकुसार दान ५४ दशमलव ३२ प्रतिशत मतका साथ अगाडि छन् । उता, जर्ज सिमोनले ४५ प्रतिशत मात्रै मत पाएका छन् ।

निकुसार डानको जितलाई रुसका लागि धक्का मानिएको छ । पहिलो चरणको मतदानमा अति दक्षिणपन्थी नेता जर्ज सिमोनले अगाडि थिए भने बुखारेस्टका मेयर निकुसर डान दोस्रो स्थानमा थिए ।

रोचक कुरा त के छ भने सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार क्रिन एन्टोनेस्कुले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् । केही महिनाअघि रोमानियामा मतदान भएको थियो । तर उक्त चुनावमा रुसी हस्तक्षेपको आरोप लागेपछि रोमानियाको सर्वोच्च अदालतले त्यसलाई रद्द गरिदियो ।