तेल अभिभ । गाजामा भइरहेको युद्धलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ । इजरायलले हालै आक्रमण विस्तार गरेपछि गएको केही दिनमै गाजामा सयौँ मान्छे मारिएका छन् । यसको बेलायत, फ्रान्स र क्यानडाबाट कडा विरोध गरेका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई यी तिनै देशका नेताहरूले सोमबारसम्ममा ठोस कदम चाल्न, होइन भने प्रतिबन्धको सामना गर्न चेतावनी दिएका छन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्य पूर्वको भ्रमण सकेर फर्किएका थिए । तर यस अवधिमा न त गाजामा युद्धविराम सम्झौता हुन सक्यो न हमासको कब्जामा रहेका बन्दीहरू रिहा गर्ने प्रक्रिया अगाडि बढ्यो ।
पछिल्लो समय इजरायलले गाजाको उत्तरी र दक्षिणी भेगमा सेना परिचालन तीव्र पारेको छ । यस्तोमा यूरोपेली देशहरूले दिएको चेतावनीको नेतन्याहुले कडा आलोचना गरेका छन् । २०२३ को अक्टोबर ७ मा हमासले गरेको नरसंहारकारी आक्रमणलाई सबैले पुरस्कृत गरेको आरोप उनले लगाएका छन् ।
प्रतिक्रिया