काठमाडौं । सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएयतामात्रै प्रहरीले गरेका सात वटा घटनाको अनुसन्धान भई अदालतमा दर्ता भएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले ७ वटा अनुसन्धानको मुद्दा दर्ता भएको बताए ।
३० वटा घटनाको अनुसन्धान गरेकोमा ७ वटा दर्ता भएको र बाँकी २३ वटा अझै अनुसन्धानकै चरणमा रहेको एसएसपी थापाले बताए ।
त्यस्तै दर्ता गरिएका मुद्दाहरूमा तीन अर्ब ७८ करोड २० लाख ९८ हजार १६४ रुपैयाँ बिगो मागदाबी भएको छ ।
प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा मात्रै ९१ जनालाई पक्राउ गरेको छ । ११४ जना भने फरार छन् ।
प्रतिक्रिया