काठमाडौं । जापानमा चामलको भाउ अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ । चामलको मूल्यवृद्धि जापानमा राजनीतिक एजेण्डा बनेको छ ।
तथ्यांकअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८ दशमलव ४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा समेत पठाएको छ ।
सन् २०२३ मा अत्यधिक गर्मी मौसम, कम बर्षा र खडेरीका कारण धानको उत्पादन कम हुनुलाई चामलको भाउ बढ्नु मुख्य कारण मानिएको छ । त्यस्तै खपत बढ्नुमा पर्यटकको उच्च वृद्धि समेत रहेको र केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान छ ।
जापानका कृषिमन्त्री टाकु इटोले चामलको बारेमा गरेको टिप्पणीपछि पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो । ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना अप्रिलमा ३ दशमलव २ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ ।
मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३ दशमलव ५ प्रतिशत पुगेको हो । मुद्रास्फीतिका कारण बैंक अफ जापानले ब्याजदरहरू बढाउने सम्भावना बलियो बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया