जबरजस्ती करणी गरेको अभियाेगमा उदयपुरवाट ४ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियाेगमा उदयपुरवाट ४ जना पक्राउ


ग्लोब नेपाल
162
Shares

काठमाडाैं । जबरजस्ती करणी गरेको अभियाेग चार जना पक्राउ परेका छन् । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् ।

उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सबन्धमा थप अनुसन्धान भइरहेकाे छ।