क्यानबेरा । इजरायलले गाजामा अतिआवश्यक सामानको आपुर्तिमा प्रतिबन्ध लगाउनु ‘अस्वीकार्य’ कदम भएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इजरायलको निन्दा गरेका छन् ।
अल्बानिजले सोमबार गाजामा संकटमा परेका मानिसहरूलाई खाद्यान्न लगायतका अत्यावश्यक आपूर्तिमा गरेको नाकाबन्दीले आफुलाई ‘आक्रोशित’ बनाएको बताएका छन् ।
इजरायलको बहाना र स्पष्टीकरणहरू अस्थिर र विश्वसनीयता बिनाका भएको उनले बताएका छन् । मानिसहरू भोकभोकै अवस्थामा गुज्रिरहेको र एउटा स्वायत्त लोकतान्त्रिक राज्यले आपूर्ति कायम राख्न पाउनुपर्ने उनले बताएका छन् ।
यस्तै अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मे महिनामा जर्मनी, फ्रान्स र बेलायत लगायतका २२ देशका समकक्षीहरूसँग मिलेर इजरायललाई गाजामा तत्काल सहायता पुनः सुरु गर्न अनुमति दिन र राष्ट्र सङ्घका संस्थाहरूलाई जीवन बचाउन अनुमति दिन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामको अस्ट्रेलियाली शाखाले सोमबार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाले ८२ प्रतिशत अस्ट्रेलियालीहरू इजरायलले गाजालाई लगाएको नाकाबन्दी ‘उचित नभएको’ देखाएको छ ।


प्रतिक्रिया