दाङ । नेपाल वायु सेवा निगमले दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ ।
यात्रुहरूको मागका आधारमा टरिगाउँ विमानस्थलमा अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बुधवार र शनिवारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो ।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगञ्ज वा भैरहवा जानुपर्ने अवस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् ।
अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । अहिले विमानस्थलको धावनमार्ग सात सय ५० मिटर रहेको छ ।
प्रतिक्रिया