साेल । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का नेता ली जे-म्युङले जित हासिल गरेका छन् । उनले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपि ) का किम मुन सुलाई पराजित गरेका हुन् ।
मतगणनामा लीले ४९.३१ प्रतिशत मतका साथ अगाडि छन् भने किमले ४१.३० प्रतिशत मत प्राप्त गरेका छन् ।विजय पछि लीले मतदाताहरूलाई धन्यवाद दिदै आफ्नो जिम्मेवारी कहिल्यै नबिर्सने र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने बताएका छन् ।
साथै, किम मुनले हार स्वीकार गर्दै जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्ने र ली जे-म्युङलाई विजयको लागि बधाई दिएका छन् ।राष्ट्रपति चुनावमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा बढी हो । जबकि २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत थियो।
दक्षिण कोरियामा १९८७ को चुनावमा सबैभन्दा बढी ८९.२ प्रतिशत मतदान भएको थियो ।यद्यपि दक्षिण कोरियामा २०२७ मा चुनाव हुने भनिएको थियो, तर मार्शल ल लागू भएका कारण गत वर्ष डिसेम्बरमा पिपिपि पार्टीका युन सुक योललाई राष्ट्रपति पदबाट महाभियोग लगाएर हटाइए पछि निर्वाचन भएको हो ।
प्रतिक्रिया