काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा शुक्रबार बिहान एक दर्दनाक घटना भएको छ । २५ वर्षीय हेमराज थारुले आफ्नै बुबा जयराम थारु र छिमेकी नाथु धरिकारको कोदालो प्रहार गरी हत्या गरेका छन् ।
वडासदस्य विकास क्षेत्रीका अनुसार, हेमराजले बुबामाथि कोदालो प्रहार गरिरहेको देखेपछि छिमेकी धरिकार छुट्याउन आएका थिए । तर हेमराजले उनलाई समेत अन्धाधुन्ध कोदालोले प्रहार गरी टाउको अलग पारेर हत्या गरेका थिए ।
घटनापछि प्रहरीले हेमराजलाई नियन्त्रणमा लिएको छ र हत्यामा प्रयोग गरिएको कोदालो पनि बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, हेमराज केही समय अघि मानसिक समस्याबाट ग्रस्त थिए र उपचारपछि सामान्य अवस्थामा फर्किएका थिए ।
स्थानीय वडासदस्य लक्ष्मीकुमारी हरिजनका अनुसार, हेमराजले बुबालाई विवाह नगराएको विषयमा पटक–पटक विवाद गर्ने गर्थे । हाल घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया