गाजाबाट थाई बन्धकको शव बरामद

गाजाबाट थाई बन्धकको शव बरामद


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । इजरायलले हमासको आक्रमणमा बन्धक बनाइएका थाई नागरिकको शव बरामद भएको बताएको छ । रक्षामन्त्री इजरायल काट्जले थाई नागरिक नट्टापोङ पिन्टाको शव शुक्रबार दक्षिणी गाजाको रफाह क्षेत्रमा विशेष कारबाहीको क्रममा बरामद गरिएको बताएका हुन् ।

३५ वर्षीय पिन्टा दक्षिणी इजरायलमा कृषि मजदुरको रूपमा काम गरिरहेको समयमा हमासको अपहरणमा परेका थिए ।यसअघि, इजरायली सेनाले यस हप्ता गाजामा दुई इजरायली अमेरिकीहरूको शव बरामद गरेको थियो ।