काठमाडौं । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् । जेठ १५ देखि निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण आन्दोलन बिचैमा तुहिन पुगेको उनकाे भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिनः
संयुक्त जनआन्दोलन परिचालन समिति भनिएको छ, समितीका सदस्यलाई आन्दोलनका कार्यक्रम, तिथी, मिती र योजनाका बारेमा पत्तो हुदैन्। हचुवाको भरमा जेठ १५ गते एकल निर्णयबाट आन्दोलन तोकियो । समितिकै सदस्यले पनि सामाजिक संजालबाट थाहा पाए।
समितिको पहिलो बैठक जगमान गुरूङको अध्तक्षतामा बसेको (संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुँदा) देखि नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिँदा भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्लातिर पुर्याएर बिश्राम लिएको छ।
समितिमा जोडिएका थुप्रै योग्य ब्यक्तित्वहरू र नजोडिएका तर लामो समयदेखि ब्यबस्था बिरूद्ध लागेका आ-आफ्नो क्षेत्रका अब्बल ब्यक्तित्वहरू कस्को कहाँ उपयोगिता हुनसक्छ, उसलाई ब्यावसायिक जिम्मेवारी दिने सोच नै अघि बढेन ।
मधेसी, जनजाती, दलितको प्रतिनिघित्व गराउने प्रयास अघि बढाउन लाख कोशिस गरे पनि एकातिर यो एजेण्डाले न्यायसंगत रूपमा अघि बढ्न पाएन भने अर्को आफू खुशी पद बाड्न थालियो, जो गुनासो गर्न गयो उसैलाई एउटा पद भिराएर पठाइ दियो । यस्तो पाराले ब्यक्ति खुशी पार्न सकिएला तर आन्दोलनलाई एकताबध्द गर्न सकिदैन भन्ने हेक्का राख्न सकिएन् ।
समितिका हरेक बैठकहरूमा सरकारी जासुसहरू पनि ढुक्कले गजधम्म बस्न पाउँथे, कसैलाई चासो र चिन्ता नै थिएन। ठूलो भिडलाई मात्रै आन्दोलन सफल हुने कडी ठानेर रणनीतिक योजना बिना आन्दोलनमा होम्मिनु, लड्न र भिड्न आएका योध्दाहरूलाई हरेक दिन बैठकमा होस या सडकमा त्यही ४ जनाको भाषण सुन्न बाध्य पारिनु, नयाँ र युवा पुस्ता तथा जिल्लाबाट आएकाहरूलाई उचित स्थान नदिनु तथा पार्टी राजनीतिमा नलागेर अभियानमा रहेकाहरूलाई अबमूल्यन गर्नु आन्दोलन सफल हुन नसक्नुका कमजोरी हो कि भन्ने धेरैको बुझाइ छ।
आन्दोलनको दौरानमा समितिको प्रवक्ता एकातिर, बिज्ञप्ति ३ तिरबाट निस्कन थाल्यो । यस्ले गर्दा स्वतः स्फुर्त आएकाहरूमा भ्रम उत्पन्न गरायो र विस्तारै पार्टीको कार्यक्रममा पो आएछु कि जस्तो अनुभूति गर्न थालेर सहभागिता कम देखिन थाल्यो ।
तीन जना सहभागिको कुराकानीः
यो ब्यबस्था परिवर्तनका लागि जनआन्दोलन थियो तर सरकारले जसो जसो भन्छ, उसै उसै स्वाहा भन्दै सरकारले तोकेको स्थानमा रमाउदै हिड्नेले कसरी ब्यवस्था परिवर्तन गर्ला भन्ने प्रश्न उठ्न थालेपछि यस्ले जनमानसमा विश्वास घट्न पुग्यो ।
समितिमा रहेका र जोडिएकाहरूले पनि कतिपय निर्णयहरू सामाजिक सञ्जालबाट थाहा पाउनुपर्ने परिस्थिति बन्दै जानु तर आन्दोलनको समीक्षा र भावी रणनीति गर्न बोलाइएको बैठकमा समितिका सदस्यबाहेक सामाजिक संजालमा खुल्ला आह्वान गरेर पत्रकार र गुप्तचर प्रहरी पनि बोलाउने कार्य अहिलेसम्म कुनै संघ संस्थाले नगरेको नौलो प्रयासको थालनी पो थियो कि भन्न थालेका छन् राष्ट्रवादीहरू ।
हो, आर्थिक पाटोले आन्दोलनमा ठूलो भूमिका खेलेको हुन्छ, तर विचार, ब्यवहार र कार्यशैली पैसाले खरिद बिक्री गर्ने बस्तु होइनन् तर भिड जम्मा गर्ने माध्यम बनेको पैसाले पनि बिवादित बनायो आन्दोलनलाई।
आन्दोलनको दौरानमा गद्दीका लागि राजाको पनि पुरानो पुस्ता र नयाँ पुस्ताको चर्चा चलाइयो । तर, राजाको नयॉं पुस्ताको चर्चा चलाउने क्रममा आन्दोलनमा पनि अब नयाँ पुस्तालाई अगाडी बढाएर बिद्रोहको जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने तर्फ सोच किन बनाउन सकिएन भन्ने युवाहरूको तर्क अगाडी आएको छ । अब यस्लाई के भन्ने ?
जे जे भए पनि अव युवा पुस्ता जागेको छ
ती युवाले ब्यबस्था परिवर्तन गरि छोड्छन् ।।
कसैको चित्त दुः खाएछु भने माफी चाहन्छु ।’
प्रतिक्रिया