अमेरिकाले देश निकाला गरेका ३७ नेपाली काठमाडौंमा, मानव तस्कर खोज्दै प्रहरी

अमेरिकाले देश निकाला गरेका ३७ नेपाली काठमाडौंमा, मानव तस्कर खोज्दै प्रहरी


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । अमेरिकाले देश निकाला (डिपोट) गरेका नेपालीहरु काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई आइतबार राति नेपाल ल्याइदिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली सवार जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । जसमध्ये ३२ पुरुष र ५ महिला छन् ।

विमानस्थल कार्यालयले डिपोट भएर आएकाहरुलाई प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाएको छ । तीमध्ये मानव तस्करलाई मोटो रकम बुझाएर अवैध (तल्लो) बाटो अमेरिका पुगेकाहरु पनि रहेको बताइएको छ । व्युरो प्रवक्ता एसपी नरेन्द्र कुँवरले मानव तस्करमार्फत कोही अमेरिका गएको रहेछ भने छानबिन अघि बढाइने बताए ।

‘कोही मानव तस्करलाई पैसा बुझाएर अमेरिका गएका रहेछन् भने उजुरीका आधारमा छानबिन गर्छौं, उहाँहरु कसरी अमेरिका पुग्नुभएको थियो र कसरी फिर्ता गरिनुभयो भन्नेबारे सोधपुछ गरेका छाडिदिन्छौं’, कुँवरले भने । डिपोर्ट भएर आएकाहरुको परिचय भने गोप्य राखिएको छ ।