किभ । रुसले युक्रेनमा निकै ठुलो आक्रमण गरेको छ । यो युक्रेन युद्ध सुरु भएदेखि रुसको सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनले गरेको छ ।
रुसले रातारात भारी बमबारी गरेको बताइएको छ । यस क्रममा रुसले युक्रेनमा ४७९ ड्रोन प्रहार गरेको छ ।
ड्रोन बाहेक युक्रेनका विभिन्न क्षेत्रमा विभिन्न प्रकारका २० वटा मिसाइल प्रहार गरिएको युक्रेनी वायुसेनाले सोमबार भनेको छ । अँध्यारोमा ड्रोनहरू पहिचान गर्न गाह्रो भएकोले आक्रमणहरू सामान्यतया साँझ ढिलो सुरु भएर, बिहान समाप्त हुन्थे ।
तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको क्रममा रुसले शाहेद ड्रोनहरू प्रयोग गरेर युक्रेनका नागरिक क्षेत्रहरूमा निरन्तर आक्रमण गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यी आक्रमणहरूमा १२ हजार बढी युक्रेनी नागरिकहरू मारिएका छन् ।
प्रतिक्रिया