सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस



काठमाडौं । सर्वोच्‍च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन् । मंगलबार न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्‍यायाधीश शान्तिसिंह थापा सिफारिस भएका हुन् ।

पोखरेल सर्वोच्‍च अदालतका बार अध्यक्ष समेत हुन् ।

मुख्य न्‍यायाधीश पौडेल २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए। मुख्य न्यायाधीश थापा २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गरेका थिए ।

सर्वोच्च अदालतमा चार वटा न्यायाधीशको पद रिक्त थियो ।

सिफारिस भएसँगै अब उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ । सुनुवाइबाट अनुमोदन भए उनीहरू सर्वोच्‍चका न्यायाधीशमा नियुक्त हुनेछन् ।