भारत । गुजरातको अहमदाबादमा एक विमान दुर्घटना भएको खबर प्राप्त भएको छ । प्रारम्भिक जानकारी अनुसार उडानको तयारीमा रहेको एअर इण्डियाको विमान टेकअफका क्रममा मेघानी क्षेत्रमा दुर्घटनामा परेको हो ।
स्थानीय स्रोतका अनुसार घटनास्थलबाट बाक्लो कालो धुवाँ देखिएको छ। उक्त विमान लण्डन उड्ने तयारीमा थियो र यसमा २४२ यात्रु रहेको थिए ।
भारतको सरकारी समाचार संस्था पीटीआईले सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगो र धुवाँ देखिएको भिडियो सार्वजनिक गर्दै दुर्घटनाको पुष्टि गरेको छ । विस्तृत विवरण आउन बाँकी छ भने उद्धार कार्य जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया