काठमाडौँ । लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ । विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो ।
कुन देशका कति नागरिक थिए सवार ?
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए । यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए ।
जहाजमा भारतका १६९ जना, ५३ जना बेलायतका, ७ पोर्चुगलका र एक क्यानाडेली नागरिक सवार रहेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ । दुर्घटनास्थलबाट अहिलेसम्म १ सय जनाको शव निकालिएको अखबार भास्करले जनाएको छ ।

प्रतिक्रिया