तनाव नबढाउन इरान र इजरायललाई नेपालकाे आग्रह

तनाव नबढाउन इरान र इजरायललाई नेपालकाे आग्रह



काठमाडौं । नेपालले इरान र इजरायलबीच विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर दुई देशबीचकाे परिस्थितिलाई नजिकबाट नियालिरहेकाे जानकारी गराएकाे छ ।

मन्त्रालयले दुवै पक्षलाई तनावबाट बच्न तथा शान्ति र स्थायित्वका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेकाे छ । ‘वार्ताका लागि कूटनीतिक माध्यम विकल्प हुन्छ र अहिलेकाे स्थितिलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै परराष्ट्र मन्त्रालयले दुवै देशमा रहेका नेपालीहरूलाई त्यस क्षेत्रको अवस्थाबारे जानकार रहन, पर्याप्त सावधानी अपनाउन र स्थानीय निकायहरूसँग सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।

इजरायलले आज बिहान इरानमा आणविक केन्द्र र सैन्य ठाउँहरूमा आक्रमण गर्दा आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको ज्यान गएकाे थियाे ।