इजरायलबाट फर्कन चाहने नेपालीहरूको विवरण संकलन सुरु

इजरायलबाट फर्कन चाहने नेपालीहरूको विवरण संकलन सुरु



काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नागरिकहरूलाई आवश्यक परेमा स्वदेश फिर्ता ल्याउने तयारीका लागि जानकारी संकलन सुरु गरेको छ।

तेल अवीवस्थित नेपाली दूतावासले एक अनलाइन फारम सार्वजनिक गर्दै, स्वदेश फर्किन चाहने नेपालीहरूलाई व्यक्तिगत विवरण पेश गर्न अनुरोध गरेको छ।

हाल इजरायलमा करिब ५५० र इरानमा १२ नेपाली नागरिक छन्। परराष्ट्र मन्त्रालयका अनुसार, हालसम्म उनीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

युद्धको आशंका बढ्दै गएपछि चीन, भारत लगायतका मुलुकहरूले पनि आफ्ना नागरिकहरूलाई सतर्क रहन र आवश्यक परेमा क्षेत्र छाड्न आग्रह गरिसकेका छन्।

नेपालले पनि त्यस्तै संवेदनशीलता देखाउँदै आफ्ना नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखेको छ।