ललितपुरको नीति तथा कार्यक्रमः ढुंगेधारा, कुवा, इनार र पोखरीलाई संरक्षण गर्ने (पूर्णपाठसहित)

ललितपुरको नीति तथा कार्यक्रमः ढुंगेधारा, कुवा, इनार र पोखरीलाई संरक्षण गर्ने (पूर्णपाठसहित)



पाटन । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने भएको छ ।

शुक्रबार बसेको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम पेस गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले ढुंगेधारा, कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताएका हुन् ।

त्यस्तै, निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षण गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने उनले बताए ।

खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ ।