डोटीमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु



धनगढी । डोटी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो तीन बजेतिर आदर्श गाउँपालिका–१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जिप दुर्घटनामा परेको थियो । भर्खरै कालोपत्रे भएको सो सडकमा जिप दुर्घटनामा परेर आदर्श गाउँपालिका–७ का जिप चालक समेत रहेका सुरेशबहादुर कार्की, सायल गाउँपालिका –६ का काली कटुवाल र सायल गाउँपालिका –५ की हरुदेवी विकको मृत्यु भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार घाइते हरुदेवीको डोटीको सिलगढी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते २ जनाको सिलगढीमा उपचार भइरहेको छ ।