अमेरिकालाई इरानको चेतावनी : आणविक आक्रमणको कडा प्रतिक्रिया हुनेछ

अमेरिकालाई इरानको चेतावनी : आणविक आक्रमणको कडा प्रतिक्रिया हुनेछ



काठमाडौँ । इरानका प्रमुख सेनापति मेजर जनरल अमिर हातामीले अमेरिकाले इरानी आणविक संरचनामाथि आक्रमण गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

सरकारी निकट स्रोतहरूले सार्वजनिक गरेको एक भिडियो सन्देशमा हातामीले अमेरिका विरुद्ध विगतमा पनि सफलतापूर्वक प्रतिकार गरिसकेको उल्लेख गर्दै अहिले पनि कुनै पनि आक्रमण प्रयासको कडा जवाफ दिने बताएका छन्।

उनले भनेका छन्, “हामीले इतिहासमै धेरैपटक अमेरिकाको सामना गरिसकेका छौं। जतिबेला उनीहरूले आक्रमणको प्रयास गरे, त्यतिबेला कडा जवाफ पाए।”

हातामीले इरान स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि दृढ रहेको भन्दै भने, “हामी साहसपूर्वक र शक्तिसाथ लड्नेछौं। हाम्रो क्षमतामा तपाईंहरूले विश्वास गर्नुपर्छ।”