६१ किलो सुन प्रकरण : रोकालाई २ लाख धरौटीमा छाड्न आदेश

६१ किलो सुन प्रकरण : रोकालाई २ लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गत शुक्रबार रोकालाई टोखाबाट पक्राउ गरेर ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो । उक्त बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार बहस सकिए लगत्तै उनलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।